बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान « Khabarhub

बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बिहेभोजमा विवाद हुँदा बाजुराको बुढीगंगा नगरपालिका–८ मा एक जनाको मृत्यु भएको छ । आफन्तको बिहेभोज खान गएका दुई पक्षबीच विवाद हुँदा २७ वर्षका रणबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ । 

मृत्यु भएका बुढीगंगा नगरपालिका ९ का रणबहादुर थापा आफन्त रामबहादुर खड्काका छोराको बिहेमा भोज खान छिमेकी ८ नम्बर वडाको मोटावाडामा पुगेका थिए ।

राति ११ बजेपछि दुई पक्षबीचको विवादपछिको झडपमा थापा घाइते भएका थिए । गम्भीर घाइते थापाको उपचारका क्रममा बयालपाटा अस्पताल अछाममा मृत्यु भएको हो ।  

घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का छन् । उनीहरूलाई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिएका छन् । 

झडप हुँदा घाइते भएपछि उपचारकै क्रममा मृत्यु भएको खुले पनि बाँकी अनुसन्धानबाट थाहा हुने डीएसपी गिरीले बताए । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ ।

प्रेम विवाह गरेका छोराको खुसीयालीमा रामबहादुरले आफन्तलाई बिहेभोज दिएका थिए । आफन्त, छिमेकी र गाउँका सबैलाई भोजमा सहभागी गराइएको थियो । 

धेरैजसोले खानासमेत खाइसकेका थिए । सबैजसो नाचगानमा रमाइलोमा थिए । कोही देउडा लगाउने, कोही गफिने र केही आफ्नै रमझममा थिए । त्यहीबीचमा भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ३४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा