अमेरिकाले कहिल्यै नबिर्सने दिन सेप्टेम्बर-११ | Khabarhub Khabarhub

अमेरिकाले कहिल्यै नबिर्सने दिन सेप्टेम्बर-११


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शक्ति राष्ट्र अमेरिकाका लागि सेप्टेम्बर-११ एक नबिर्सने दिन हो । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलेमा ठोक्काएका थिए ।

उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका जम्माजम्मी दुई हजार नौ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।

अमेरिकामा भएको त्यो आतंकवादी आक्रमणले विश्व राजनीतिकै परिदृश्यमा आमूल परिवर्तन ल्याइदियो । संयुक्त राज्य अमेरिकाविरुद्ध धर्म युद्ध घोषणा गरेका अल कायदका नेता ओसामा विन लादेन अपहरणकारीका सञ्चालक मानिए । १९ जना अपहरणकारीमध्ये १५ जना साउदी अरेबियाका थिए । बाँकी युएई, इजिप्ट र लेबनानका थिए ।

लोवर म्यानहट्टनमा अवस्थित वल्र्ड ट्रेड सेन्टर सातवटा भवन रहेको कम्प्लेक्स थियो । यसमा व्यावसायिक संस्थाका कार्यालयहरु थिए । १९७० को दशकमा निर्माण गरिएको यो कम्प्लेक्समा १३ सय फिट उचाइसम्मका जुम्ल्याहा भवनहरू विश्वकै अग्ला भवन मानिन्थे ।

वर्ल्ड ट्रेड सेन्टर रहेको ठाउँमा अहिले ‘नेसनल सेप्टेम्बर ११ मेमोरियलल्यान्ड म्युजियम’ र १ हजार सात सय ७६ फुट अग्लो एक वल्र्ड ट्रेड सेन्टर छ । पेन्टागनमा भने बहिरंग स्मृति केन्द्र छ ।

हेर्नुहोस सेप्टेम्बर-११ लाई सम्झाउने तस्वीर

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : ५२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी