देश बचाउन र बनाउन राजा र जनताको साझेदारी आवश्यक छ : कमल थापा   | Khabarhub Khabarhub

देश बचाउन र बनाउन राजा र जनताको साझेदारी आवश्यक छ : कमल थापा  


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन् । 

शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एउटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए । 

उनले विदेशीहरूको ठुलो चलखेलले देशमा आर्थिक सङ्कट उत्पन्न भएको विषम परिस्थितिमा पनि दलहरू विभाजित भएर एकले अर्कालाई आरोप प्रत्यारोपमा लाग्नु स्वाभाविक नभएको बताए । 

अहिलेको अवस्थामा बिपी कोइरालाको मेलमिलाप नीति जरुरी भयो उनको नीति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनले भने । 

देश बचाउन राजा र जनताको साझेदारी आवश्यक छ उनले भने । प्रजातन्त्र दिवसका अवसरमा राज ज्ञानेन्द्रे दिनुभएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै यो संविधानले बिचार र स्वतन्त्रताको ग्यारेन्टी गरेकोले राजाका बिचारलाई अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे । 

अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै उनले राजाको मन्तव्य कसैको विरुद्ध नभएको बताए ।  

राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए । 

अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुरस्थापना हुने समय आइसकेको दाबी गरे  । 

विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए । 

‘मलाई अब पद चाहिएको छैन पार्टी एक भएर राष्ट्र केन्द्रित गराउन सके पुग्छ’, उनले भने । आफूले अब निर्वाचनमा समेत भाग नलिने घोषणा गरिसकेको भन्दै उनले पार्टीलाई एक ढिक्का गराएर राष्ट्रवादी,देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूबिच एकता अहिलेको आवश्यकता रहेको बताए । 

राष्ट्रवादी शक्तिहरू एकजुट बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै आग्रहसमेत गरे । जे भयो भयो अब हामी झगडा गरेर रिसाएर होइन हामीले सत्ता केन्द्रित नभई राष्ट्र केन्द्रित भएर हामी एक हुनुपर्छ उनले भने । 

चुनाव जित्नु र हार्नु आफ्नो ठाउँमा छ तर मकवानपुरको लागी आफूले धेरै विकासका कामहरू गरेको भन्दै  । राजनीतिक यात्रामा भएका उत्तर चढावलाई आफूले सिकाइको रूपमा लिएको बताए  । 

सत्ता र सडकमा हिँड्दै गर्दा स्वाभिमानी र निष्ठावन भएर काम गरेको भन्दै उनले साढे चार दशकसम्म आफूले परिकल्पना गरेको विचार र बाटो यथार्थ बन्दै आएको बताए । 

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने देशीविदेशी षड्यन्त्र र योजना असफल भएको दाबी गरे । जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, नेतृ मन डिसि लगायतले कार्यक्रममा बोलेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ५३ बजे

हारबाट जोगियो युनाइटेड

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र

एक वर्षमा ८६ पटक उडान अवरुद्ध

सङ्खुवासभा – तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६

‘स्मार्ट भिलेज’ घलेगाउँमा सिनेमा संवाद

पोखरा – चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु

सुर्खेत – कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न सुरु भएको

आजका समाचार : परराष्ट्रमन्त्री देउवा जेनेभातिर, पूर्वराजालक्षित प्रचण्डको टिप्पणी र ६ इजरायली बन्धक रिहा

परराष्ट्रमन्त्रीद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्तापरराष्ट्रमन्त्री डा. आरजु राणा