भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै « Khabarhub

भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

दोस्रो सेमिफाइनलमा आज झापा- ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल मेची रङ्गशालामा दिउँसो हुनेछ ।

प्रतियोगितामा झापा– ११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपीएफलाई हराएको थियो ।

यस खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ ।

गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : ३४ बजे

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी