अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त  | Khabarhub Khabarhub

अमेरिकी एफबीआईको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक काश पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)को निर्देशकमा नियुक्त गरेका छन् ।

पटेलले हिन्दु धर्माबलम्बीहरूको ग्रन्थ गीतामा हात राखेर एफबीआईको निर्देशकका रूपमा शपथ ग्रहण गरेका छन् ।

पटेलले पदभार ग्रहणपछि भनेका छन्, ‘तपाईँ भारतको त्यो पहिलो पिँढीसँग कुरा गरिरहनुभएको छ कि जो विश्वको सबैभन्दा महान देशको ल इन्फोर्समेन्ट एजेन्सीको नेतृत्व गर्न गइरहेको छ । जुन संसारमा अन्य कुनै ठाउँमा हुँदैन । म प्रतिज्ञा गर्छु कि एफबीआई भित्र र बाहिर नागरिकलाई जवाफदेही बनाइने छ ।’

ट्रम्पका कट्टर समर्थक पटेलले अमेरिकी फेडरल ब्युरोमा अनेकौँ परिवर्तन गर्न सक्ने अनुमान गरिन लागेका छ । पटेल एफबीआई निर्देशकमा नियुक्त भएपछि राष्ट्रपति ट्रम्पले पटेलका प्रति एफबीआई एजेन्टहरूका मनमा रहेको सम्मानका कारण उनलाई निर्देशक पदमा नियुक्त गरिएको बताएका छन् ।।

‘उनी एक मजबुत र शक्तिशाली व्यक्ति हुन् । उनीसँग आफ्नै दृष्टिकोण छ,’ ट्रम्पले भनेका छन् । पटेलको शपथ ग्रहणपछि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समा लेखेको छ, हामीले एफबीआईका अखण्डता र न्याय फेरि स्थापित गरेका छौँ । अमेरिकालाई फेरि सुरक्षित गर्नु छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १२ : ०७ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका