पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन्  « Khabarhub

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी : रछ्यानमा मिल्काइएकाहरू दिवास्वप्नमा छन् 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफूअनुकूल व्याख्या गर्न थालेको टिप्पणी गरेका छन् । 

माओवादी केन्द्रीय कार्यालयले शनिबार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’को उद्घाटन गर्दै प्रचण्डले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको अभिव्यक्तिमा उक्त टिप्पणी गरेका हुन् ।  

पूर्वप्रधानमन्त्री प्रचण्डले दिन–प्रतिदिन कमजोर बन्दै गएको सरकारको प्रस्तुतिलाई  विभिन्न तत्वहरुले आफू अनुकूलबाट व्याख्या गर्ने प्रयास गरिरहेको पनि जिकिर गरे । इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरुले पनि आफूअनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए । 

‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ प्रचण्डले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ५२ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक