नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्यो | Khabarhub Khabarhub

नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्यो


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ-वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।

त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन् । त्यस्तै चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको प्रशासन शाखाका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर आलेले जानकारी दिए । त्यस्तै कार्यालयले गत साउन मसान्तसम्म ९०२ नागरिकता वितरण गरेको छ । वंशजका आधारमा ९०२ र दुई वैवाहिक अङ्गीकृत रहेका सो कार्यालयले जनाएको छ । साउनमा मात्रै नाबालक परिचयपत्र ५६ लाई प्रदान गरिएको छ ।

कार्यालयले पछिल्लो समय स्थानीयवासीलाई सहज सेवा प्रदान गर्न गाउँमै घुम्ती शिविर राखेर सेवा प्रवाह गर्दै आएका कारण जिल्ला प्रशासन कार्यालयमा आई नागरिकता बनाउने सङ्ख्यामा कमी आएको छ । जिल्लाका १० वटै स्थानीय तहमा हरेक महीनाको एक पटक नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुरुप शिविर गरिँदै आएको कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताए ।

राहदानी वितरण

जिल्ला प्रशासन कार्यालयले आव २०७५/७६ मा चार हजार ९०७ लाई राहदानी वितरण गरेको छ । कार्यालयले जिल्लाबाट सिफारिश भएका छ हजार १०५ लाई राहदानी प्रदान गरेको छ भने दुई हजार २१९ ले द्रुतसेवामार्फत सिफारिस भई काठमाडौंबाट राहदानी लिएका छन् । कार्यालयका अनुसार पछिल्लो समय दैनिक २५/३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत ढकालले बताए।

केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उनले भने, ‘कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।’ उनका अनुसार कार्यालयले २०७६/७७ को साउन मसान्तसम्म ५३६ लाई राहदानी प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ९ : १५ बजे

विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप

तनहुँ– तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन्

न्युयोर्कमा प्रधानमन्त्री ओलीको व्यस्तता (फोटो फिचर)

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क

धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव

न्युयोर्क – एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति

ओली र मोदीबीच तीनवटा मुद्दामा कुराकानी

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी