विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता  | Khabarhub Khabarhub

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

धनगढी – विवाहको भोज खान गएका युवकको कुटपिटबाट मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कुटपिटकै कारण ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । 

बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको कुटपिट पछि उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा ज्यान गएको हो । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । उनी छिमेकी वडाका आफन्तको छोराको बिहेमा भोज खान गएका थिए । 

थापामाथि कुटपिट गर्ने तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।

उनका अनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो । भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेका थिए । कुटपिट पछि  थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरूबिच विवाद भएको थियो । मध्ये राती ११ बजेपछि आपसमा विवाद भएको र तीन जनाले एकोहोरो कुटपिट पछि थापा गम्भीर घाइते भएका थिए । विवादपूर्व कुनै दुष्मनी र आपसी रिस नभएको भएपनि मदिराकै तालमा आपसी इगो बढेपछि विवाद उत्पन्न भएको प्रत्यक्ष दर्शीले बताएका छन् । 

पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरूले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको प्रहरीले बताएको छ । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : १८ बजे

नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्ट प्रहरी

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा फाइदै फाइदा

काठमाडौं– ड्राइ फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राइ फ्रुट्स स्न्याक्सको 

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा– पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को

काभ्रेका ९५ प्रतिशत किशोरीले लगाए ‘एचपीभी’ खोप, केहीले मानेनन्

काभ्रे– राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म

च्याम्पियन्स ट्रफी : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – च्याम्पियन्स ट्रफीमा आज विश्व क्रिकेटका चर्चित दुई टिम