स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २-० ले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्। अल्मोको नोभेम्बर यता बार्सिलोनाका लागि पहिलो गोल हो।

शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १-० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १-० को जित निकालेको छ।

स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ। यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ। एक खेल कम खलेको रियल म्याड्रिडको ५१ अङ्क छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ७ : ४९ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६