त्रिशूली नदीमा भेटिएको शव चितवनका रोहित रानाको भएको पुष्टि « Khabarhub

त्रिशूली नदीमा भेटिएको शव चितवनका रोहित रानाको भएको पुष्टि


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– त्रिशूली नदीमा फेला परेको शव मोटरसाइकल दुर्घटना हराइरहेका चितवनका रोहित रानाको रहेको पुष्टि भएको छ ।

आज बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो ।

उक्त शव चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशूली नदीमा हराइरहेका रानाको भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते दुर्घटना भएको थियो ।

भारतीय सेनामा कार्यरत राना चितवनस्थित घरबाट काठमाडौंका लागि हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए ।  

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते