भोजपुरको कावाखोलामा पक्की पुल निर्माण « Khabarhub

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

हतुवागढी गाउँपालिका– २ रानीबास र रामप्रसादराई गाउँपालिका– ५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।

स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो ।

कावाखोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

कावाखोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी– २ का वडाध्यक्ष विचारी थापाले बताए । वर्षाको समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उनको भनाइ छ ।

वर्षातको समयमा वारिका वारि, पारिका पारि हुने अवस्था रहेकोमा पुल निर्माणले स्थानीयमा उत्साह बढेको उनको भनाइ छ ।

यो खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाँचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ०८ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा