अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ  « Khabarhub

अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाम घर भएकी बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो ।

प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’

बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पटक बलात्कार गरिएको बताएको प्रहरीको भनाइ छ ।

अहिले बालिकाको गर्भमा करिब ३३ हप्ता भन्दा बढीको बच्चा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । बालिकामाथि बलात्कार भएको घटना पनि बलात्कार भएको करिब ५–६ महिना पछि थाहा भएको थियो ।

आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपाल बाहिरको घटना भएको र आरोपित पनि भारतमै रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग अछाम प्रहरीले सहकार्य गरिरहेको छ ।

प्रहरी हेडक्वार्टरले भारतीय दूतावाससँग समन्वय गरेर इन्टरपोलमार्फत पनि आरोपितलाई पक्राउ गर्ने तयारी थालेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ४१ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा