अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ  | Khabarhub Khabarhub

अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत, ३३ हप्ताको गर्भ 


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाम घर भएकी बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो ।

प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’

बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पटक बलात्कार गरिएको बताएको प्रहरीको भनाइ छ ।

अहिले बालिकाको गर्भमा करिब ३३ हप्ता भन्दा बढीको बच्चा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । बालिकामाथि बलात्कार भएको घटना पनि बलात्कार भएको करिब ५–६ महिना पछि थाहा भएको थियो ।

आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपाल बाहिरको घटना भएको र आरोपित पनि भारतमै रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग अछाम प्रहरीले सहकार्य गरिरहेको छ ।

प्रहरी हेडक्वार्टरले भारतीय दूतावाससँग समन्वय गरेर इन्टरपोलमार्फत पनि आरोपितलाई पक्राउ गर्ने तयारी थालेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : ४१ बजे

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले