काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

काठमाडौंलाई व्यवस्थित बनाउन समय लाग्ला, काम थाल्छौँ : उपप्रधानमन्त्री सिंह


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रूपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रूपमा विकास गर्नका लागि अब काम प्रारम्भ गर्नुपर्ने बताएका छन्  । 

काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार शहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताए । 

काठमाडौं कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरूप शहरका रूपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरूलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए । 

‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित शहरका रूपमा विकसित भएकाले अब बिस्तारै व्यवस्थित शहरका रूपमा लैजानका लागि हामीले कुनै न कुनै विन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने । 

उपप्रधानमन्त्री सिंहले अब बन्ने शहरहरुलाई व्यवस्थित गर्नका लागि शहरी नीति मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए । 

मन्त्रालयमध्ये शहरी विकास मन्त्रालय कान्छो मन्त्रालय भएको भन्दै आफूले नेतृत्व सम्हालेपछि कामहरूले गति पाएको सिंहको भनाई थियो । 

‘शहरी विकास मन्त्रालय नेपाल सरकारका सबैभन्दा कान्छो मन्त्रालयकै रूपमा छ । मन्त्रालय गठन भएको यतिका वर्षपछि बल्ल एउटा शहरी नीति मन्त्रिपरिषद्बाट पास भएको छ । यो भन्दा अघि मन्त्रालयमा रहेका मन्त्रीज्यूहरुले पनि कोसिस गर्नुभएको हो । परिस्थिति मिलेन होला । हुन सकेको थिएन । मन्त्रालय स्थापना भएदेखि काम गर्दै गर्दै बल्ल अहिले आएर शहरी विकास नीति पास भएको छ,” उनले भने । 

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई सरकारले पूर्णता दिने पनि बताए  ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ०८ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।