कृषि क्षेत्रमा सुधार र सहकार्य जरुरी : अध्यक्ष ढकाल « Khabarhub

कृषि क्षेत्रमा सुधार र सहकार्य जरुरी : अध्यक्ष ढकाल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । 

आज आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट छलफलका क्रममा उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरूपका रणनीति र कार्यक्रम आवश्यक भएको बताए । 

अहिले पनि कृषि क्षेत्रले ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै उनले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता विषयले नेपालले कृषिबाट आशातीत सफलता हासिल गर्न नसकेको धारणा राखे । 

अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायका लागि पुँजीमा पहुँच सुनिश्चित गर्न फराकिलो दृष्टिकोणको आवश्यकता छ भने । 

ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको उनको भनाइ थियो ।

उनले आफूले व्यक्तिगत रूपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताए । 

उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीमा लगानी गर्ने लक्ष्यका साथ महासङ्घको अगुवाइमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरी कामहरू अगाडि बढाइएको जानकारी दिए । 

नेपालको कृषि तथा अन्य विकास परियोजनामा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : ४९ बजे

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी