भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान | Khabarhub Khabarhub

भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

पाकिस्तानका कप्तान मोहमद रिजवानले टस जितेर पहिला ब्याटिङमा जाने निर्णय गरेका छन् । यससँगै भारतले पहिला बलिङको निम्तो पाएको छ ।

यस खेलमा पाकिस्तानले पछिल्लो खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ । पाकिस्तानले फखर जमानको स्थानमा इमाम उल हकलाई समावेश गरेको छ ।

भारतले पछिल्लो खेलमा खेलेकै टिमलाई आज खेलाएको छ । जारी च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेल जितेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ३३ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड