भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान « Khabarhub

भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुँदै छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

पाकिस्तानका कप्तान मोहमद रिजवानले टस जितेर पहिला ब्याटिङमा जाने निर्णय गरेका छन् । यससँगै भारतले पहिला बलिङको निम्तो पाएको छ ।

यस खेलमा पाकिस्तानले पछिल्लो खेलमा खेलेको टिममा एक परिवर्तन गरेको छ । पाकिस्तानले फखर जमानको स्थानमा इमाम उल हकलाई समावेश गरेको छ ।

भारतले पछिल्लो खेलमा खेलेकै टिमलाई आज खेलाएको छ । जारी च्याम्पियन्स ट्रफीमा भारतले पहिलो खेल जितेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  २ : ३३ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख