जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात (तस्बिरहरू) « Khabarhub

जन्मदिनको केक काटेर केपी ओली कपको सुरुवात (तस्बिरहरू)


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ७४ वर्ष लागेका छन् । उनी ७४ वर्ष लागेको अवसरमा एन्फा कम्प्लेक्स सातदोबाटोमा केक काटेर केपी ओली कपको शुभारम्भ गरिएको छ ।

यसपटक अघिल्ला वर्षजस्तो औपचारिक कार्यक्रम राखिएको छैन । केपी ओली कपको उद्घाटनका लागि एन्फा कम्प्लेक्स पुगेका उनले त्यहीँ शुभकामना साटासाट गरेका हुन् । त्यहाँ आयोजक युवा संघ नेपालले ओलीलाई जन्मदिनको शुभकामना दिँदै केटको व्यवस्था गरिदिएको थियो ।

आइतबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका थिए, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीँ भेटौँला, शुभकामना आदानप्रदान त्यहीँ गरौँला ।’

बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्मिएका थिए ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेका संस्थापकमध्ये एक हुन्। उनी २०७१ असार ३१ गते माधवकुमार नेपाललाई हराउँदै एमाले अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको नेतृत्व गरिरहेका छन् ।

०७८ मंसिरमा चितवनमा भएको दशौँ महािधवेशनमा फेरि अध्यक्ष भएका ओली नेपाली कांग्रेससँगको सहकार्यमा गत असार ३१ गतेदेखि प्रधानमन्त्रीको भूमिकामा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ०२ बजे

एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई