नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी « Khabarhub

नयाँ दिल्लीस्थित अफगान राजदूतावास चलाउने तालिबानको तयारी


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतको राजधानी नयाँ दिल्लीस्थित अफगान राजदूतावासको व्यवस्थापन सम्हाल्ने तयारी थालेको छ । भारतबाट प्रकाशित हुने द विकका अनुसार यसबारे भारतीय अधिकारीसँग तालिबानले छलफल शुरु गरेको छ ।

तालिबानले नजिब शहिनलाई भारतका लागि नयाँ अफगान राजदूत तोक्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ । नजिब तालिबानका वरिष्ठ कूटनीतिज्ञ सुहेल शहिनका छोरा हुन् । सुहेलले कतारको राजधानी दोहामा आफ्नो समूहको प्रतिनिधित्व गर्दै आएका थिए ।

भारतको राजधानीमा अफगानिस्तानले राजदूतावाससँगै हैदरावाद र मुम्बईमा नियोग पनि सञ्चालन गर्दै आएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेसँगै तालिबानले अन्तर्राष्ट्रिय जगतमा कूटनीतिक मान्यता पाउन संघर्ष गरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ३ : ०९ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।