विराट कोहलीको नयाँ कीर्तिमान | Khabarhub Khabarhub

विराट कोहलीको नयाँ कीर्तिमान


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।

कोहलीले २८७ औं इनिङमा १४ हजार एकदिवसीय रनको कोशेढुङ्गा पूरा गरेका हुन् । कोहलीले कम इनिंगमा १४ हजार रन बनाउने किर्तिमान बनाएका छन् ।

यस अघि भारतकै सचिन तेन्दुलकरले ३५० इनिंगमा र श्रीलंकाका कुमारा संगाकाराले ३८७ इनिंगमा १४ हजार रन पुरा गरेका थिए । साथै कोहली एक दिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि सचिन र कुमारा संगाकाराले १४ हजार रन बनाएका थिए ।

जुन २०१७ मा १७५ इनिङमा ८००० एकदिवसीय रन पूरा गरेदेखि उनी यस्ता प्रत्येक १००० रनको कोशेढुङ्गा सबैभन्दा छिटो पूरा गर्ने खेलाडी बनेका छन्।

समग्रमा, उनी एक दिवसीयमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्, दोस्रो स्थानमा संगाकारा (१४,२३४)छन् भने शिर्ष स्थानमा सचिन तेन्दुलकर (१८,४२६ रन) का साथ सूचीको शीर्ष स्थानमा छन् ।

कोहलीले एकदिवसीय खेलमा सबैभन्दा धेरै शतक (५०) को रेकर्ड पनि बनाएका छन्, जुन तेन्दुलकरले २०२३ को एकदिवसीय विश्वकपमा तोडेका थिए ।

यसअघि, कोहलीले एकदिवसीय खेलमा भारतको लागि फिल्डरको रूपमा सबैभन्दा धेरै क्याचको रेकर्ड तोडेका थिए, जुन १५८ पुगेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : ४८ बजे

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई