संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उनले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गरे ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक इतिहासलाई उजागर गरेको र निधि इमान्दार तथा निष्ठाको राजनीति गर्ने व्यक्ति भएकाले उहाँको योगदान पार्टीमा महत्वपूर्ण रहेको बताए ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिले पु¥याएको योगदानलाई भुल्न नसकिने बताए । उनका निष्ठाको राजनीति मात्र नभई सरल स्वभावका धनि भएकाले पनि लोकप्रिय रहेका बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले निधिजस्तोे सरल स्वभाव र निष्पक्षता सबै राजनीतिज्ञमा हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : २८ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा