पाटेबाघको उद्धार « Khabarhub

पाटेबाघको उद्धार


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–८ बालापुरबाट पाटेबाघको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार उद्धार गरिएको पाटेबाघ अन्दाजी दुई वर्षको रहेको छ । उमेर सानो भएकाले सिकार गर्न नसक्ने हुँदा सजिलै आहारका लागि उक्त बाघ बस्तीमा पसेको हुन सक्ने उनले बताए ।

मानव बस्तीमा पसेको उक्त बाघले मानवीय क्षति नगरे पनि स्थानीयका गोठमा पसेर तीनओटा बाख्रा, एउटा भेँडो र एउटा पाडो मारेको कँडेलले बताए । बाघ गाउँमा पसेको खबर स्थानीयले दिने बित्तिकै बर्दियाको प्राविधिक टोलीसँगै दुईओटा हात्तीसहितको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ०५ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा