पाटेबाघको उद्धार « Khabarhub

पाटेबाघको उद्धार


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीको सहायतामा प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–८ बालापुरबाट पाटेबाघको उद्धार गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार उद्धार गरिएको पाटेबाघ अन्दाजी दुई वर्षको रहेको छ । उमेर सानो भएकाले सिकार गर्न नसक्ने हुँदा सजिलै आहारका लागि उक्त बाघ बस्तीमा पसेको हुन सक्ने उनले बताए ।

मानव बस्तीमा पसेको उक्त बाघले मानवीय क्षति नगरे पनि स्थानीयका गोठमा पसेर तीनओटा बाख्रा, एउटा भेँडो र एउटा पाडो मारेको कँडेलले बताए । बाघ गाउँमा पसेको खबर स्थानीयले दिने बित्तिकै बर्दियाको प्राविधिक टोलीसँगै दुईओटा हात्तीसहितको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई उद्धार गरेर निकुञ्जको खैरीखोलास्थित खैरीपोष्टको खोरमा राखिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ०५ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य