कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार « Khabarhub

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई हराएको छ ।

दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले चार विकेट गुमाएर ४५ बल बाँकी रहँदै भेट्टायो ।

भारतका लागि विराट कोहलीले शतक बनाए । १११ बलको सामना गरेका उनले ७ चौकाको मदतमा अविजित एक सय रन बनाए । त्यस्तै श्रेयस अय्यरले ५६, शुभमन गिलले ४६ रन बनाउँदा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।

पाकिस्तानका लागि शाहिन अफ्रिदीले दुई तथा अबरार अहमद र खुशदिल शाहले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुनुअघि २४१ रन बनाएको थियो । उसका लागि साउद शकीलले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा
खुशदिल शाहले ३८ रन बनाए ।

भारतका लागि कुलदीप यादवले तीन, हार्दिक पाण्डेयले दुई विकेट लिए । त्यस्तै हर्षित राणा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

योसँगै प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो हार भोगेको छ । उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको ३२० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा सबै विकेट गुमाएर २६० रनमा समेटिएको थियो।

यता समूह ‘ए’मा रहेको भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । पहिलो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले शुभमन गिलको शतकको मद्दतमा २१ बल बाँकी हुँदै २३१ रन बनाएर भेट्टाएको थियो।

याे पनि

विराट कोहलीको नयाँ कीर्तिमान

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : २७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।