ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः डा भट्टराई « Khabarhub

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः डा भट्टराई


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा सामूहिक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनकै क्रममा आयोजित ‘पूर्वाधार परिदृश्य’ विषयको सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अझै पनि ठूला पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था नदेखिएको भन्दै ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने बताए ।

विगतमा निजी क्षेत्रले लगानीको घोषणा गरेको परियोजना अलपत्र परेको उहादरण दिँदै उनले ठूला पूर्वाधारमा हात नहाल्न सुझाव दिए । “केही वर्षअघि निजी क्षेत्रले काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न खोज्यो तर सकेन”, विकसित मुलुकमा सडक, यातायात र सञ्चारजस्ता पूर्वाधारमा राज्यले लगानी गरेको उदाहरण प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “त्यसले निजी क्षेत्रले सडकमा लगानी गर्ने अवस्था नरहेको पुष्टि गरेकाले सरकारले नै लगानी गर्नुपर्छ ।”

जटिल भू–राजनीतिक अवस्थाको सही विश्लेषण गर्न नसक्दा निजी क्षेत्रको लगानीले परिणाम दिन नसकेको उनको भनाइ थियो । निजी क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकमा भने सरकारसँग मिलेर लगानी गर्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले क्षमताबिना रेल्बेलगायत ठूला पूर्वाधारमा हतारमा लगानी नगर्न सुझाव दिए। अहिले नेपालमा निजी क्षेत्रले ऊर्जामा लगानी गर्न सक्छ तर तिनको लगानीका क्षमता कम हुने हुँदा ढुक्क हुनसक्ने अवस्था नभएको चर्चा गर्दै उनले वस्तु र सेवाको उत्पादनमा ध्यान दिएर बढीभन्दा बढी राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।

आर्थिक महाशक्तिका रुपमा उदाउन लागेका दुई छिमेकी मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले दुवै छिमेकीलाई धम्क्याएर होइन, उनीहरूसँगै हिँड्न सुझाव दिए ।

अन्तरराष्ट्रिय सम्मेलनका क्रममा हुने छलफलबाट निस्केका निष्कर्ष कार्यान्वयनमा नल्याइनु दुःखद् भएको उनको गुनासो थियो । “कार्यान्वयन गर्ने पक्षमा गम्भीर कठिनाइ हुन्छ तर कसैको पनि नियत खराब छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “तर परिणामा किन आइरहेको छैन ”“कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चीन जोड्ने सडक बनाऔँ”, उनले भने, “काठमाडौँ र तराईलाई नजेडेसम्म समृद्धि आउँदैन, राजधानी केन्द्रित जनसङ्ख्या, विकास, अर्थतन्त्रलाई विकेन्द्रित गरौँ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताए। सार्वजनिक–निजी साझेदारीको आधारमा कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरेले मलुकको ठूलो व्यापार घाटा न्यूनीकरण गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले लगानीमैत्री वातावरण बनाउन विभिन्न ऐन, कानून संशोधन गरेको र लगानीकर्ताले एकै स्थानबाट सम्पूर्ण सेवा पाउन सकून् भन्ने उद्देश्यले सरकारले एकल सेवा बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ३८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर