पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न स्वास्थ्य मन्त्रीको अपिल  « Khabarhub

पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न स्वास्थ्य मन्त्रीको अपिल 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न अपिल गरेका छन् । 

मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्दै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गरेका हुन् । सरकारले फागुन महिनाभरी नसर्ने रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष पाँच लाख महिलाको पाठेघरको मुखको परीक्षण गर्ने सरकारको लक्ष्य छ । 

पाठेघरको मुखको क्यान्सरबाट बच्न जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियान सफल बनाउन सबै जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सङ्घसंस्थाहरू सक्रिय रूपमा संलग्न भई सहयोग गर्न मन्त्री पौडेलले अपिल गरेका हुन् । 

मन्त्री पौडेलले ३० वर्ष माथिका महिलालाई पाठेघरको मुखको परीक्षण गर्न तथा आ–आफ्नो घर परिवारका उक्त उमेर समूहका महिलालाई परीक्षणका लागि अभिप्रेरित गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १६ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको