पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न स्वास्थ्य मन्त्रीको अपिल  « Khabarhub

पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न स्वास्थ्य मन्त्रीको अपिल 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न अपिल गरेका छन् । 

मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्दै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गरेका हुन् । सरकारले फागुन महिनाभरी नसर्ने रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष पाँच लाख महिलाको पाठेघरको मुखको परीक्षण गर्ने सरकारको लक्ष्य छ । 

पाठेघरको मुखको क्यान्सरबाट बच्न जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियान सफल बनाउन सबै जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सङ्घसंस्थाहरू सक्रिय रूपमा संलग्न भई सहयोग गर्न मन्त्री पौडेलले अपिल गरेका हुन् । 

मन्त्री पौडेलले ३० वर्ष माथिका महिलालाई पाठेघरको मुखको परीक्षण गर्न तथा आ–आफ्नो घर परिवारका उक्त उमेर समूहका महिलालाई परीक्षणका लागि अभिप्रेरित गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : १६ बजे

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा

बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

दैलेख– यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जंगली बँदेलको

जिके पोख्रेलको ‘इन्दिरा’ सार्वजनिक

काठमाडौं– जिके पोख्रेलको शब्द र सङ्गीतमा तयार भएको नृत्यप्रधान गीत ‘इन्दिरा’

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो