शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै « Khabarhub

शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत छिन् ।

घाँटीमा फोका आएर सुन्निएपछि उनी शुक्रबारबाट शिक्षण अस्पताल भर्ना भएकी हुन् ।

दुई साताअगाडि घाँटीमा समस्या आएपछि मन्त्री भट्टराई जाँचका लागि अस्पताल पुगेकी थिइन । डाक्टरले आराम गर्न सुझाव दिएका थिए । तर उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन ।

शुक्रबारबाट गाह्रो भएपछि उनी शिक्षण अस्पताल भर्ना भएकी हुन् । बिहीबार बायोप्सी गरेपछि उनलाई लागेको रोग पत्ता लाग्न सक्ने सचिवालले जनाएको छ ।

‘डाक्टरले क्षयरोग (टीबी) शंका गर्नुभएको थियो, तर होइन रहेछ । पर्सि बिहीबार बायोप्सी गरेपछि अरु थाहा हुन्छ’, सचिवालयका एक सदस्यले भने ।

मन्त्री भट्टराईसँग भेटघाट निषेध गरिएको छ । ‘अहिले बोल्न र भेटघाट गर्न दिइएको छैन । सिटी स्क्यान गर्दा सानो फोका देखिएको छ । डाक्टरले इन्फेसन भन्नुभएको छ । हिजोसम्म बमिट भइरहेको थियो अहिले सन्चो हुँदै हुनुहुन्छ ।’

सचिवालयका अनुसार मंगलबार र बुधबार आराम गर्न भनिएको छ । उनी गत बुधवारदेखि मन्त्रालय जान सकेकी छैनन् ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ५५ बजे

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौं– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन 

काठमाडौं– एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी