सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार « Khabarhub

सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको बताए ।

यस बारेमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ थियो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान सरकार तयार रहेको बताए ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : ३० बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार