प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा « Khabarhub

प्रधानमन्त्री ओली र पूर्वराजाविरुद्ध खनिइन् रेखा शर्मा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसद्‍माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शर्माले संसदबाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइँ पुष्टि भएको बताइन् ।

सांसद शर्माले सरकारलाई सांसदहरूले सोधेका प्रश्नको जवाफ सरकारले नभई सत्तारुढ सांसदहरूले दिने अवस्था बनेको जिकिर गरिन् ।

उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन् ।

शर्माले दाङमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारेमा अपमानजनक टिप्पणी गरेको भन्दै आपत्ति जनाइन् । २०७९ को चुनावमा एमाले महासचिव शंकर पोखरेललाई हराएकी शर्मालाई जिताएर दाङबासीले गल्ती गरेको ओलीले बताएका थिए । त्यसैलाई लिएर उनले आपत्ति जनाएकी हुन् ।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दल खोलेर राजनीतिमा आउन सुझावसमेत दिइन् ।

उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरे ।

शर्माले पूर्वराजा ज्ञानेन्द्रलाई धेरै चुरिफुरी नगर्न पनि चेतावनी दिएकी छन् । उनले राजनीतिमा आउने मन भए पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव दिएकी छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ४२ बजे

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय