रक्षाखर्च आधा गर्ने ट्रम्पको प्रस्तावमा पुटिनको समर्थन, चीनको असहमति « Khabarhub

रक्षाखर्च आधा गर्ने ट्रम्पको प्रस्तावमा पुटिनको समर्थन, चीनको असहमति


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो रक्षा बजेट आधा कटौती गर्नुपर्ने सुझावलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन् । यद्यपि, चीनले आफ्नो रक्षा खर्च  ‘पूर्णतया आवश्यक’ भएको बताएको छ ।

रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेको छ तर एसिया–प्रशान्त क्षेत्रमा तनाव कायमै रहेकाले हालैका वर्षहरूमा चीनमा पनि खर्च बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने, ‘चीनले सधैं शान्तिपूर्ण विकासको मार्गमा निष्ठापूर्वक अडिग रहँदै आएको छ ।’

‘राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितको रक्षा गर्न र विश्व शान्ति कायम गर्न सीमित प्रतिरक्षा खर्च पूर्णतया आवश्यक छ,’ उनले भने। 

लिनले भने, ‘चीन सधैँ समन्वयात्मक आर्थिक र प्रतिरक्षा विकासमा अडिग रहँदै आएको छ र कुनै पनि देशसँग हतियारको होडबाजीमा संलग्न छैन ।’

चिनियाँ राष्ट्रपति सी चिनफिङ र पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको एक दिनपछि चीनको यस्तो टिप्पणी आएको हो । 

पुटिनले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा तीन देशको रक्षा बजेटमा ५० प्रतिशत कटौती गर्ने ट्रम्पको प्रस्ताव ‘राम्रो विचार’ भएको र आफूले चीनका लागि बोल्न नसक्ने बताएका थिए ।

बेइजिङको विदेश मन्त्रालयले यसै महिनाको सुरुमा ट्रम्पले प्रस्ताव गरेको सैन्य खर्चमा कुनै पनि कटौतीमा संयुक्त राज्य अमेरिकाले ‘अग्रसरता’ देखाउनुपर्ने बताएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ०८ बजे

५० वर्षपछि येंगा हिटीमा फर्कियो पानी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–२१ स्थित यंगालमा रहेको येंगा हिटी (ढुंगेधारा) मा

टेम्केमैयुङका अध्यक्षलाई प्रश्न : मुन्धुम पदमार्ग नै किन घुम्ने ?

देशकै चर्चित मुन्धुम पदमार्गमा पर्छ भोजपुरको टेम्केमैयुङ गाउँपालिका । भोजपुर

एमाले स्कूल विभाग : ६६ जिल्लामा प्रशिक्षण, आठ हजार प्रशिक्षक उत्पादन

काठमाडौं – नेकपा (एमाले)ले १० औं महाधिवेशनपछि स्कूल विभागले गरेका

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितीको बैठक

दाङमा बस दुर्घटना, २२ यात्रु घाइते

दाङ– दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्