श्रीलङ्काबाट फर्कियो नेपाली क्रिकेट टोली « Khabarhub

श्रीलङ्काबाट फर्कियो नेपाली क्रिकेट टोली


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ३ : २४ बजे

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर