देशकै बलियो शक्ति भएकाले एमालेमाथि चौतर्फी आक्रमण भयो : नेता भट्ट | Khabarhub Khabarhub

देशकै बलियो शक्ति भएकाले एमालेमाथि चौतर्फी आक्रमण भयो : नेता भट्ट

एमाले बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण 


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा (एमाले) मा केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा आजबाट धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै भट्टले एमाले सबैभन्दा बलियो शक्ति भएकै कारण चौतर्फी आक्रमण बढेको बताएका हुन् । उनले सिंगो नेपाली समाज गलत सूचनाको सिकार बनेको बताए । 

सामान्य व्यक्ति वा सगंठन प्रति कसैको चासो हुँदैन । उनले भने, ‘एमाले सबैभन्दा ठुलो सगंठन, व्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडि पार्न सकिन्छ भनेर आक्रमण बढेको छ, तथ्यमा टेकेर भन्दा पनि मिथ्या आरोप एमाले नेतृत्वमाथि बढिरहेको छ, यसको प्रतिकार सबै नेता कार्यकर्ताले गर्न जरुरी छ ।’

भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गर्नुभयो । ‘कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन’, सचिव भट्टले भने, ‘जनताको बिचमा एकाकार हुनुस् अनि मात्र चुनावी परिणाम राम्रो आउँछ ।’

उनले औपचारिकताका लागि मात्रै नभई उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गरे । 

यस्तै, पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिंगो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । 

उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिंगो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए ।

उनले भने, ‘काठमाडौंका प्रमुख बालेन एक्लैले फु गरेर सामाजिक सञ्जालमार्फत एमाले र एमालेका नेतृत्वविरुद्ध प्रयोग भएकै छ । रवि लामिछानेका समर्थक र माओवादीबाट पनि त्यस्तै छ ।’

एमाले पार्टी र नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहँदा पनि नेतृत्वले यसबारे नबोल्नु आश्चर्यको विषय रहेको गौतमको भनाइ थियो । उनले यस विषयमा पार्टी पंक्ति एकदम मौन रहेको र कहीँ पनि नबोलिरहेको उल्लेख गरे । कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता लगायतको प्रदेश प्रचार विभागका सदस्यको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ४३ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३