वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्ब बढीको सामान निर्यात | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट सात महिनामा साढे ४० अर्ब बढीको सामान निर्यात


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको हो । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।

मुलुकभर रहेका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।

तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यसैगरी, तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ ।

सोही अवधिमा एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना, चोकर, भुसलगायत निर्यात भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : ४५ बजे

चीनको केरुङ र लेन्देखोलामा राति नै उर्लिएको थियो बाढी, मितेरी पुल बगायो

रसुवा – चिनियाँ क्षेत्रस्थित केरुङ र लेन्देखोलामा मंगलबार सबेरै बिहान

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा

गण्डकीमा घरेलु मदिरालाई कानूनी मान्यता, उद्योग दर्ताको बाटो खुला

पोखरा– गण्डकी प्रदेशमा स्थानीय स्तरमा उत्पादित घरेलु मदिरालाई कानूनी मान्यता दिइने

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

काठमाडौं – चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी

‘बैङ्किङ बजार नियम सङ्गत छैन’

काठमाडौं– आगामी आर्थिक वर्षका लागि तीनै तहका सरकारले बजेट ल्याइसकेका