जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति « Khabarhub

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टोकियो – उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जंगली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ।

स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ। 

ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ’ठूलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताएका छन् । 

आगलागीको कारण भने खुल्न नसकेको उनले बताए। सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो । 

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ’तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ ।

उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताए।

उनले भने, ‘मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो।’ अर्का एक जना ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भने, ‘यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलो पटक देखेको हुँ।’

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : ३९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको