पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक | Khabarhub Khabarhub

पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथीभरमा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारबारे तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश पहाडका सांसदहरूसँग फेरि छलफल सुरु गरेका छन् ।

कोशी पहाडका जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग गृहमन्त्रीले संवाद सुरु गरेका हुन् । 

कोशीका सांसदहरूसँग सिंहदरबारमा छलफल भइरहेको सांसद उर्मिला थेबेले बताएकी छन् । उनका अनुसार छलफलमा आन्दोलनरत पक्ष ‘नो केबलकार समूह’लाई सहभागी गराइएको छैन ।

केबलकार निर्माणमा विवाद भएपछि सरकारले तत्काल निर्माणकार्य स्थगित गरेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । 

छलफलबाट आएका सुझावअनुसार ताप्लेजुङको केबलकारबारे सरकारले आवश्यक निर्णय लिने तयारी गरेको छ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिहरूले मुक्कुमलुङ नामले पुकार्ने पाथीभरा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

गत माघ १५ मा पनि गृहमन्त्रीले कोशीका सांसदहरूसँग छलफल गरेका थिए । यसबीचमा ताप्लेजुङको काफ्लेपाटी र सदरमुकाम फुङलिङमा पनि झडप भएर तनाव भइसकेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : १३ बजे

नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण

काठमाडौं–  तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य

गण्डकी– तीनवटै तहका सरकारसँगै सरोकार भएका सबैको सामूहिक प्रयासलले बालश्रम

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक