५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान | Khabarhub Khabarhub

५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीया आमालाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ । बुलेट आमा सुशीला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गर्दै महानगरले सम्मान गरेको हो ।

झापा बुधबारेकी  तिवारीले भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । 

आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिँदै महानगकी उपमेयर सुनिता डंगोलले तिवारीलाई बिहीबार सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् । 

तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको डंगोलले बताइन् ।

 ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो ।’, डंगोलले भनिन् । 

‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु’, विगत यात्रा र आगामी यात्राको बारेमा बताउँदै तिवारीले भनिन्, ‘यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

सम्मान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने,  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले पनि सहभागी थिए 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : १७ बजे

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी

चिनियाँ नियामक निकायका पूर्वप्रमुखलाई भ्रष्टाचारको अभियोग

बेइजिङ- चीनको धितोपत्र बजारका लागि सर्वोच्च नियामक निकायका पूर्वप्रमुखमाथि अनुसन्धान

‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ भक्तपुरको मानव कल्याण समाजलाई

काठमाडौं– यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा

फापरले गाँसेको टुकुचे–तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।