निर्वाचन आयोगमा दल दर्ता गर्ने नेकपाको निर्णय « Khabarhub

निर्वाचन आयोगमा दल दर्ता गर्ने नेकपाको निर्णय


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनिर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरी निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो ।

बैठकले दल दर्ता सम्बन्धी सम्पूर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

निवाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरि सकेको छ । यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ७ : १४ बजे

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार

के बालेन लोकतान्त्रिक हुन नसकेका हुन् ? किन दिइरहेका छैनन् पार्टीलाई महत्व ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि मंगलबार र

काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली