उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू) « Khabarhub

उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू)


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयपछि संघीय राजधानी काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। तर, यो वर्षाले राम्रोसँग धुलोसमेत मार्न सकेन ।

शुक्रबार बिहान साढे १० तिर हल्का वर्ष भएपछि टरेको छ । वर्षाले उपत्यकालाई ढाकेको तुँवालो र धुलो पखाल्न सकेन ।

त्यहीकारण काठमाडौं उपत्यकालाई तुँवालोले पूरै ढाकेको छ । यसअघि नै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो ।

जसकारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रमा मौसम सामान्यतया बदली रहेर बाँकी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले भनेको थियो ।

सुदूरपश्चिम क्षेत्रमा चट्याङसहित र कर्णाली क्षेत्र लगायत धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । हल्का वर्षासँगै काठमाडौं उपत्यकाको मौसम चिसिएको छ । तर राम्रोसँग पानी नपरेका कारण मौसम खुल्न सकेको छैन।

हेर्नुस् तस्बिरहरू :

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ०१ बजे

‘भोलेन्टियर फोर्स’ घोषणाअघि एमालेको र्‍याली (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि

चार महिनामा ४० करोडको फलफूल आयात

झापा– पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४

सिजी ब्रान्ड द्वारा ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणा 

काठमाडौं– सिजीले दसैं-तिहार योजना’ अन्तर्गत ‘स्मल होम एप्लायन्सेस पाक्षिक लक्की

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका अतिक्रमित संरचना हटाउन १५ दिने अल्टिमेटम

काठमाडौं– महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ मिचेर बनाइएका संरचना हटाउन

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया शेयर ऋण’ योजना सार्वजनिक

काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने