उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू) « Khabarhub

उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू)


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयपछि संघीय राजधानी काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। तर, यो वर्षाले राम्रोसँग धुलोसमेत मार्न सकेन ।

शुक्रबार बिहान साढे १० तिर हल्का वर्ष भएपछि टरेको छ । वर्षाले उपत्यकालाई ढाकेको तुँवालो र धुलो पखाल्न सकेन ।

त्यहीकारण काठमाडौं उपत्यकालाई तुँवालोले पूरै ढाकेको छ । यसअघि नै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो ।

जसकारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रमा मौसम सामान्यतया बदली रहेर बाँकी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले भनेको थियो ।

सुदूरपश्चिम क्षेत्रमा चट्याङसहित र कर्णाली क्षेत्र लगायत धेरै ठाउँमा हल्का वर्षा भइरहेको छ । हल्का वर्षासँगै काठमाडौं उपत्यकाको मौसम चिसिएको छ । तर राम्रोसँग पानी नपरेका कारण मौसम खुल्न सकेको छैन।

हेर्नुस् तस्बिरहरू :

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ०१ बजे

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने