च्याम्पियन्स ट्रफी : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने « Khabarhub

च्याम्पियन्स ट्रफी : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंग गर्ने


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुँदैछ ।

पाकिस्तानको लाहोरमा हुने यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । अफगानिस्तानका कपान हशमतुल्लाह शाहिदीले टस जिते पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा अस्ट्रेलियाले पहिला बलिङ गर्ने भएको छ ।      

प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रुद्ध हुदा अंक बाँडेको थियो ।

यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन् । जितले भने अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्‍याउने छ ।

त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो ।

अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बर्षाले खेल रुद्ध भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ ।

अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन् । जसमा सबै खेल अस्ट्रेलियाले जितेको छ ।  

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ४२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित