स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा « Khabarhub

स्थानीय तहमा प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन र स्वीस् सङ्घीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा आयोजित प्राविधिक, व्यावसायिक शिक्षा तथा तालीमसम्बन्धी दुई दिने अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, “नेपाल सरकारले सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा तालीम केन्द्रको स्थापना प्राथमिकतामा राखेको छ, जसबाट ज्ञान–सीपयुक्त जनशक्ति उत्पादन हुन्छ र समृद्धमुलक बनाउन ठूलो मद्दत गर्नेछ ।”

ज्ञान–सीपयुक्त युवा जनशक्तिले मात्रै सुदृढ व्यवस्थापन र सुशासन कायम राख्न सक्षम हुने उनले दावी गरे । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका मन्त्री पोखरेलले विकासशील मुलुकका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाका आवश्यकता रहेकाले सबै स्थानीय तहमा यससम्बन्धी तालीम केन्द्रको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “नेपालजस्तो मध्य आय भएको देशलाई प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता महत्वपूर्ण रहन्छ ।” युवा जनशक्तिका लागि ज्ञान र सीप भविष्य निर्माणको मुख्य कडीका रुपमा रहने उनको धारणा थियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले विकासको प्रमुख आधार नै प्राविधिक तथा व्यावसायिक शिक्षा रहेको उल्लेख गर्दै भने, “नेपाली शिक्षा सामाजमा स्थापित हुनमात्रै भयो, यस कारण हजारौँ युवा विदेशीय, हामीले समृद्ध नेपाल बनाउने जनशक्ति उत्पादन गर्ने शिक्षाको परिकल्पना गर्नुपर्दछ ।”

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १० : ३० बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक