कार्टुन- बालुवाटारमा र्‍याप सुन्दै, निदाउँदै प्रधानमन्त्री « Khabarhub

कार्टुन- बालुवाटारमा र्‍याप सुन्दै, निदाउँदै प्रधानमन्त्री


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत असार ३१ गते प्रधामन्त्रीमा पदमा फर्किन सफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुईतिहाइ बहुमत छ ।

देशकै ठूलो दल नेपाली कांग्रेसकोसमेत साथ पाएका ओली आफ्नो पहिलो र दोस्रो कार्यकालमा जसरी काम गर्न सकिरहेका छैनन् ।

दोस्रो कार्यकालयमा भौतिक पूर्वाधार निर्माणमा उपलब्धि देखाउन सकेका उनी यो कार्यकालमा विचलित भएको जस्तो देखिन्छन् । सरकार शक्तिशाली छ तर जनतामा निराशा र सडकमा अराजकता बढ्दैछ ।

अधिकांश मन्त्रीहरूको पनि कामभन्दा धेरै विवाद छ । ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन हात धोएर लागेका छन् ।

अन्य मन्त्रीहरूको पनि कार्यप्रगति पनि राम्रो छैन । प्रधानमन्त्रीकै कार्यालय कार्यप्रगति विवरणमा असफल भएको छ । यस्तो अवस्थामा कार्यशैली सुधार्ने भन्दा विभिन्न नाममा भाइरल भएकाहरूसँग बालुवाटारमा गनथन गरेर ओली बसेका छन् ।

पछिल्लो पटक उनले टिकटक लाइभमा बसेर ट्याप ट्याप गर्नू भन्ने अंश बर्मा र आफूलाई कलाकार रुपमा चिनाउँदै आएकी मिस पबीलाई भेटे । त्यसलगत्तै अहिलेका चर्चित गायक कुम: सागरलाई पनि बालुवाटार बोलाएर गीत सुने । उनले मीठो लयमा गीत सुनाए ।

कुम: सागर बालुवाटार छिरेपछि एमालेकै एकजना नेता राजीव पहारीले आफ्ना छोरालाई पनि लगेर ओलीलाई भेटाए । जहाँ पहारीका छोराले ओलीलाई बिट्स र र्‍याप सुनाए । उक्त भिडियो राजीव आफैंले फेसबुकमा हालेपछि भाइरल मात्रै भएन ‌ओलीको हाँसीमजाक पनि बनाइयो ।

दुईतिहाइ नजिकको सरकारको नेतृत्व यस्ता कुरामा अलमलिएर बस्दा देशको आर्थिक अवस्थाले न त गति लिन सकेको छ न त रोजगारी नै बढेको छ। त्यहीकारण यो सरकारले जनताको निराशा चिर्न नसकेको कुरा उठिरहेको छ ।

यिनै सन्दर्भलाई व्यंग्य गर्दै यो कार्टुनमार्फत् प्रधानमन्त्रीको कार्यप्रगति देखाउन खोजिएको छ । वास्तविक कार्यप्रगतिमा फेल ओली अहिले आफ्नै नामको केपी ओली कपसहितमा अल्झिएर बसेको सन्दर्भमा यस कार्टुनमार्फत् खबरदारी गर्न खोजिएको हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : २९ बजे

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा

विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा

गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को सुविधा

काठमाडौं– अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल

श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रस्थित चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा

हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन

काठमाडौं– राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र