उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो « Khabarhub

उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्वासीको नाममा राज्यको जग्गा हडेपेर बिक्री–वितरणका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् । 

पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् । 

‘सुकुम्वासीको नाममा भूमाफिया, बिचौलियाहरू, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ,’ यादवले भने । 

उनले भूमिसम्बन्धी अध्यादेश ल्याएर मुलुकलाई मरूभूमिकरण गर्न खोजिएकोसमेत टिप्पणी गरे । ‘देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम गरियो,’ यादवले भने, ‘यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।’ 

अध्यक्ष यादवले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गर्दै सांसद खरिद गरेर संसदबाट पास गराउन खोजे जनतामाझ जाने पनि बताए । 

‘सरकारले यो अध्यादेश फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौँ,’ उनले भने, ‘जनआन्दोलनको बाटो पक्रन्छौँ । यो स्पष्ट भए हुन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब