उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो « Khabarhub

उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्वासीको नाममा राज्यको जग्गा हडेपेर बिक्री–वितरणका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् । 

पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् । 

‘सुकुम्वासीको नाममा भूमाफिया, बिचौलियाहरू, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ,’ यादवले भने । 

उनले भूमिसम्बन्धी अध्यादेश ल्याएर मुलुकलाई मरूभूमिकरण गर्न खोजिएकोसमेत टिप्पणी गरे । ‘देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम गरियो,’ यादवले भने, ‘यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।’ 

अध्यक्ष यादवले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गर्दै सांसद खरिद गरेर संसदबाट पास गराउन खोजे जनतामाझ जाने पनि बताए । 

‘सरकारले यो अध्यादेश फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौँ,’ उनले भने, ‘जनआन्दोलनको बाटो पक्रन्छौँ । यो स्पष्ट भए हुन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४९ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना