महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन « Khabarhub

महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना तथा मन्दिर मर्मतसम्भार, धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आज एकैदिन १० लाख रुपैयाँ सङ्कलन भएको छ । 

महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद रजौरेका अनुसार महायज्ञमा तुलसीपुर–५ का जमुनाप्रसाद गुप्ताले एक लाख १५ हजार दान गरेका छन् । उनले आफ्ना परिवारजनको स्मृतिमा सो रकम दान गरेका हुन् ।

त्यस्तै रायणी रजौरेले आफ्ना पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, श्रीमान् हरिप्रसाद अधिकारी र भाइ चन्द्रमणि रजौरेको स्मृतिमा एक लाख पाँच हजार दान गरेकी छन् । यसैगरी तुलसीपुर–६ रजौराका गोविन्दप्रसाद लम्सालले एक लाख ११ हजार रुपैयाँ, सोही ठाउँका विजय थापाले एक लाख एक हजार पाँच सय पाँच रुपैयाँ तथा सोही ठाउँकै नवराज रजौरेले एक लाख एक सय ५५ रुपैयाँ दान गरेका छन् । 

त्यस्तै तुलसीपुर–६ का वासुदेव अधिकारीले एक लाख एक हजार रुपैयाँ, संयोजक गोविन्दप्रसाद रजौरेले एक लाख एक सय रुपैयाँ, बाँकेको कोहलपुरका हरिनारायण आचार्यले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा सल्यानको पिपल्नेटाका ईश्वरीप्रसाद गौतमले  ५० हजार एक सय पाँच रुपैयाँ रकम दान गरेका छन् । 

महायज्ञको मूल वाचकमा मन्दिरका मठाधिश बाल ब्रह्मचारी स्वामी श्रीकेशव चार्य (सूर्यपाकी) रहेका छन् । महायज्ञमा धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा, व्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन र ८४ पूजालगायत अवसर प्रदान गरिएको छ । दान गर्ने सबैलाई आजै एक कार्यक्रमबीच सम्मान गरिएको छ । उनीहरूलाई वैष्णव परिषद्  नेपालका केन्द्रीय अध्यक्ष तथा स्वामी देवराजचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका हुन् । 
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ३७ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना