महायज्ञबाट ४३ लाख बढी संकलन | Khabarhub Khabarhub

महायज्ञबाट ४३ लाख बढी संकलन


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञबाट ४३ लाख ३७ हजार चार सय ९७ सङ्कलन भएको छ ।

साँखेस्थित एक सय २० वर्ष पुरानो शिवालयका माध्यमबाट साँखेक्षेत्रको धार्मिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको शिवालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ अर्यालले बताए ।

महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यज्ञबाट सनातन धर्मको संरक्षणमा सहयोग पुग्ने बताए ।

यस मन्दिरमा हरेक वर्ष शिवरात्रिमा तनहुँ र स्याङ्जाका साथै देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । शिवालय र आसपासका क्षेत्रमा जन्तेढुङ्गा, सीता पाइलालगायत पुरातात्विक महत्वका संरचना छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १० : ०४ बजे

राष्ट्रपतिसँग महासचिव गुटेरेसको भेट

काठमाडौं–  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१८ लक्ष्मीनिया बस्ने धनेश्वर मण्डलको छोरा दुई वर्षीय ऋषि कुमार

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड ट्रयाक खुलेको

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ