पत्रकार वरुण पनेरुले गरे तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना « Khabarhub

पत्रकार वरुण पनेरुले गरे तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराका पत्रकार वरुण पनेरुले तीन विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरेका छन् । आफ्ना पुर्खाहरू एवं बुवाले अध्ययन, अध्यापन गरेका तीन सामुदायिक विद्यालयमा उनले छात्रवृत्ति कोष स्थापना गरेका हुन् । 

सामुदायिक विद्यालयमा अध्ययनरत निम्न वर्गका जेहेन्दार विद्यार्थीलाई पोशाक, कापी, कलम खरिद गर्न छात्रवृत्ति कोष स्थापना गरेको पत्रकार पनेरुले बताए । आफ्नो आम्दानीको १० प्रतिशत रकम छुट्याएर छात्रवृत्ति कोष स्थापना गरेको उनले जानकारी दिए । 

पनेरुले भागेश्वर गाउँपालिका–२ रुपालमा रहेको असिग्राम मावि र भागेश्वर गाउँपालिका–३ बोगटाको सरस्वती नमूना माविमा २५-२५ हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका हुन् । यी दुई विद्यालयमा उनका हजरबुजा र बुवाले अध्ययन गरेका थिए ।

पत्रकार पनेरुले आफू पढेको र बुवाले अध्यापन गरेको परशुराम नगरपालिका–६ को शिद्धनाथ माविमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना गर्ने उनले बताए । शिद्धनाथ माविको आइतबार हुने स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा हाल ५० हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न लागेको उनले बताए ।

बुवा कृष्णप्रसाद पनेरुका नामबाट स्व। कृष्णप्रसाद अध्ययन छात्रवृत्ति कोष स्थापना गर्ने उनको तयारी छ । उनका बुवाको शिद्धनाथ माविको प्रधानाध्यापक रहेका बेला विद्यालयको कामको सिलसिलामा सदरमुकाम जाने क्रममा ०५३ मंसिर ९ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो । 

नेपाल पत्रकार महासघ सुदूरपश्चिम प्रदेश समितिका कोषाध्यक्षसमेत रहेका पत्रकार पनेरु डडेल्धुरा जेसिज वर्ष २०२० का अध्यक्षसमेत रहिसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ४ : ३८ बजे

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या