हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि भारदहका किसान चिन्तित « Khabarhub

हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि भारदहका किसान चिन्तित


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तिलाठी– बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका–१ भारदहका फुलेन्द्र राउतले व्यापार छोडेर नौ बिघामा मकै र गहुँ खेती गरेका थिए। हावाहुरी, वर्षा र असिनाले खेतमा लगाइएको अधिकांश बाली नष्ट गरेपछि आम्दानीको स्रोत के हुने भन्ने चिन्ता बढेको उनले बताए। 

कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यले व्यापार छाडेर खेतीमा लागेको बताउँदै उनले गहुँ खेतीमा एक लाख लगानी गरेको जानकारी दिए ।

‘मकैमा लगाउँदा प्रतिकट्ठा ६० किलो खाद्य (बीउ) आवश्यक पर्दछ । करिब छ बिघा अर्थात् एक सय २० कट्ठामा सात हजार दुई सय किलो बीउ लागेको थियो, अन्य लगानी पनि छँदैछ’, राउतले भने। गहुँ फूल लाग्ने बेलामा झरेकाले फल्ने आशा नरहेको उनले बताए। मकैमा पनि केही हुने हो वा होइन अन्योल रहेको उनको भनाइ छ ।

भारदहका अर्को किसान अशोक माझीले पनि डेढ बिघामा गहुँ र १० कट्ठामा मकै लगाएका छन्। करिब ३६ प्रतिशत ब्याजदरमा गाउँमा रु एक लाख २० हजार ऋण लिएर खेती सुरु गरेको बताउँदै उहाँले बाली सबै नष्ट भएपछि ऋण कसरी तिर्ने भनेर चिन्ताले सताएको उल्लेख गरे। 

‘उब्जा भएपछि मकै बेचेर सबै ऋण तिरिदिन्छु र गहुँले आफ्नो परिवारलाई पुगेर केही आम्दानी पनि हुन्छ भने आशा थियो तर वर्षा र असिनाले सब सखाप गरिदियो’, माझीले भने, ‘अहिले त आफ्नो परिवारलाई खान पुग्ने उत्पादन भए हुन्थ्यो भन्ने कामना छ ।’

यहाँका वासुदेव लौगीको अवस्था पनि उस्तै छ । उनले पनि गाउँमा६० हजार ऋण लिएर एक बिघामा गहुँ र मकै खेती गरेका थिए । उनका अनुसार उब्जाको आश भने समाप्त भइसकेको छ । यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मेहनत बगाएको थियो भने अहिलेको वर्षाले गहुँ, मकै र केराखेती नष्ट गरेको छ । 

यी तीनजना उदाहरण पात्र मात्र हुन् । हनुमाननगर कङ्कालिनी–१ का वडाध्यक्ष सुरेन्द्र मण्डलका अनुसार वर्षा र असिनाले भारदहका दुई सय बढी किसान प्रभावित बनेका छन् । उहाँले कृषकको अवस्था दयनीय रहेको भन्दै यस्ता विपद्का घटनाले उनीहरूलाई थप पीडा दिने गरेको बताए। 

वडाको बजेटबाट कृषकका लागि केही खास गर्न सक्ने अवस्था नरहेको भन्दै मण्डलले पीडित किसानको राहतका लागि प्रदेश र सङ्घ सरकारसँग आग्रह गरेको बताए। उनले प्रदेश र सङ्घ सरकारले स्थानीय तहसँग समन्वय गरी पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ६ : १० बजे

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन