राजनीतिक दलहरुकै कारण धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा | Khabarhub Khabarhub

राजनीतिक दलहरुकै कारण धर्मनिरपेक्ष गणतन्त्र असफल भयो : कमल थापा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघिय धर्मनिरपेक्ष गणतन्त्र भित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणाम स्वरूप यो व्यवस्था स्वतः धरासायी हुने अवस्थामा पुगेको बताएका छन् ।

प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिको कारण संघिय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको उनको टिप्पणी छ । आज भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल बिकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदासयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए ।

उनले यो प्रस्तावलाई सकारात्मक रुपमा लिएर हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

थापाले राजासहितको प्रजातन्त्र भनेको निरंकुश व्यवस्था नभएको भन्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बिचार प्रकट गरे । उनले राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरुको विरुद्धमा नभएको समेत स्पष्ट पारे । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई राप्रपा नेपाल स्वागत गर्ने उनको धारणा थियो।

राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दुवादी र राष्ट्रवादीहरु एकठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनको ठहर छ । अर्को तर्फ केही अराजक तत्वहरुबाट राजा र हिन्दुराष्ट्रको नाम लिंदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरु बिचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको भन्दै थापाले यस्तो प्रवृत्ति हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संभावना खलबल्याउने षडयन्त्र हुन सक्ने आशङ्का गरे ।

थापाले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर सशक्त ढंगले संघर्ष गरी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल जस्ता स्थापित शक्तिहरूको बिकल्पमा केही अराजक, गैरजिम्मेवार र अराजनीतिक समुहलाई उचाल्ने काम रहस्यमय छ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको क्रममा यस्तो कार्य अत्यन्त घातक र आत्मघाती हुन्छ हुने उनको दाबी थियो । कार्यक्रममा तारानाथ लुइँटेल , वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई , यबती कार्की ,राजाराम बर्तौला ,माधब खत्री लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ८ : ०२ बजे

विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली

टप टी-२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको