सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः माधव नेपाल « Khabarhub

सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः माधव नेपाल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण गरी समाजमा आर्थिक गतिविधि सञ्चालन र त्यसले मुलुकमा समाजवादी क्रान्ति पूरा गर्न सहयोग पुर्याउने धारणा राखे ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको विकास र आयात प्रतिस्थापनले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले देशमा अस्थिरता, भ्रष्टाचार, दण्डहीनता मौलाएको विचार व्यक्त गरे ।

अध्यक्ष नेपालले उक्त प्रदेशको नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज डा गङ्गालाल तुलाधर, सचिव सावित्रा भुसाल, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ०२ बजे

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न

जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु

भद्रपुर– जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको

देउवालाई स्वागत गर्ने नेताहरूको भिडमा भेटिएनन् शेखर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि काठमाडौंमा

छानबिन प्रतिवेदन सार्वजनिक गरेकोमा एनसेलले गर्‍यो सरकारको भर्त्सना

काठमाडौं– सरकारले ‘एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन,

श्रीमतीसहित विदेश गएका देउवा एक्लै नेपाल फर्किए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच महिनापछि बिहीबार नेपाल फर्किएका