स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा « Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल सोसीडाडलाई ४-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो। त्यसको ८ मिनेटपछि नै लामिन यमल र डानी अल्मो मिलेर बनाएको मुभमा गुरार्ड मार्टिनले बार्सिलोनाका लागि गोल गरे।

त्यसको ४ मिनेटपछि अल्मोको सहयोगमा मार्टिनले अर्को गोल गरे। ५६ औँ मिनेटमा अराउजाले अर्को गोल थपे भने अन्तिम गोल रोबर्ट रेडवास्कीले गरे।

अन्य खेलमा लृगानेसले गेटाफेलाई १-० ले हरायो भने मालोर्का र डेपोर्टिभो अल्भासबीच १-१ गोलको बराबरी भयो। यसैगरी, ओसासुना र भ्यालेन्सियाले ३-३ गोलको बराबरी खेलेका छन्।

तालिकामा बार्सिलोना ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ तथा तेस्रो स्थानको रियल म्याड्रिडको ५४ अङ्क छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ३३ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा