१८ दिनपछि घट्यो शेयर बजार, उत्पादन समूहमा गयो पहिरो « Khabarhub

१८ दिनपछि घट्यो शेयर बजार, उत्पादन समूहमा गयो पहिरो


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बजार बन्द हुँदा भने घटेको छ ।

यस अघि फागुन १ गते ७.२६ अंकले नेप्से घटेको थियो । त्यस यता ९ वटा कारोबार भने निरन्तर बढेको थियो । आज सोमबार भने पुन नेप्से घटेको छ ।

आज नेप्से १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको छ । 

आज ५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३९ हजार ५५५ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ५ वटा समूह बढेको छ भने ८ वटा समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.६८ प्रतिशतले बढेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०.२५ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १.८८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.२४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै