समाजलाई समुन्नत बनाउने दायित्व सबैको हो : राष्ट्रपति « Khabarhub

समाजलाई समुन्नत बनाउने दायित्व सबैको हो : राष्ट्रपति


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएका छन् । 

सोमबार शीतल निवासमा सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए ।

राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै, योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे । 

उनले समाजलाई समुन्नत बनाउने दायित्व सबैको भएको धारणा राखे । उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए ।  

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा. डा. विद्यानाथ उपाध्याय र भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रदान गरिएको थियो । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : २३ बजे

कांग्रेसले आज धनगढीमा प्रदेशस्तरीय भेला गर्दै, सभापति थापाले उद्घाटन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश र स्थानीय

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका आयातित

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज– द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने

कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै

मुुस्ताङ– उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको