इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते « Khabarhub

इजरायलमा छुरा प्रहारबाट एक जनाको मृत्यु, चार व्यक्ति घाइते


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इजरायलको हाइफा शहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।

गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बीच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो ।

गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहान्तमा समाप्त भएपछि दुई पक्षबीच वार्ता रोकिएको बेला उक्त आक्रमण भएको हो ।

इजरायलको ‘म्यागेन डेभिड एडोम’ नामक आपत्कालीन सेवाले भनेको छ, ‘मेडिकल टोलीले अन्दाजी ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको घोषणा गरेको छ र चार जना घाइतेलाई उद्धारपछि उपचार गरिरहेको छ ।’

घाइतेमध्ये अन्दाजी ३० वर्षीय एक पुरुष र एक महिला तथा १५ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । उनीहरू अझै खतरामुक्त भइनसकेको बताइएको छ । 

इजरायली प्रहरीले इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग सम्बन्धित व्यक्तिहरूलाई ‘आतंकवादी’ आक्रमणको संज्ञा दिए पनि सोमबारको आक्रमणमा संलग्न अपराधीको पहिचान भने हुन सकेको छैन ।

आक्रमणकारीले सुरुमा नै गोली चलाएको बुझिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई बाहिर निकालेपछि त्यहाँ पुगेका एएफपीका पत्रकारहरूले आक्रमणकारीको शव कम्बलमुनि भुईँमा देखेको बताए । 

उत्तरी इजरायलको ठूलो तटीय शहर हाइफाको बस र रेल स्टेसनमा आक्रमण भएको हो ।

युद्धविराम लम्ब्याउने विषयमा हाससँग असहमति भएपछि इजरायलले आइतबार गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ४१ बजे

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको