बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ « Khabarhub

बालेनको आक्रोशपूर्ण टिप्पणी- केपी ओलीले जति नाकाबन्दी लगाए पनि झुक्दिनँ

एमाले कार्यकर्ताहरूलाई दिए भ्रष्टहरूको संज्ञा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फेरि प्रधनमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारलाई भ्रमको खेती गरेवापतको विद्या वारिधिको उपाधि दिनुपर्ने टिप्पणी गरेका छन् ।

‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ,’ उनले ६ वटा उदाहरणहरू दिँदै फेसबुकमा लेखेका छन् ।

बालेनले आफू प्रधानमन्त्री ओलीको शत्रु नभएर विकासको साझेदार भएको पनि उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला,’ उनले लेखेका छन्, ‘तर, त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो ।’

महानगर प्रमुख बालेनले एमालेका कार्यकर्तालाई भ्रष्टको संज्ञा दिँदै उनीहरूले जतिसुकै भ्रम फैल्याए पनि नझुक्ने जिकिर गरेका छन् ।

‘जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन,’ उनले भनेका छन्, ‘अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो ।’

बालेनले सुशासनका लागि आफू जोसँग पनि जुध्न तयार रहेकोसमेत उल्लेख गरेका छन् । ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छोड्छु,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : २१ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा